केपिलासगढी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्डको उपाधि पृथ्वी माविलाई

  • प्रकाशित मितिः माघ ६, २०८०
  • 127 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ६–केपिलासगढी गाउँपालिकामा माघ ६ गते सम्पन्न पालिकास्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी माध्यमिक विद्यालयले चुमेको छ । गाउँपालिकाको आयोजनामा बाक्सिलास्थित पृथ्वी माविको खेलमैदानमा माघ ३ गते सुरु प्रतियोगिता २३ स्वर्ण १० रजत ७ कास्य जित्दै उपाधि चुमेको हो ।
जितसंगै नगद ४५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छ । प्रतियोगितामा ३ स्वर्ण ६ रजत १० कास्यसहित जालपा मावि बाक्सिला दोश्रो भएको छ । उसले ४० हजार नगद, शिल्ड, मेडल र प्रमााणपत्र पाएको छ । १ स्वर्ण ४ रजत २ कास्य ल्याएर सूर्य मावि सुङदेल तेश्रो घोषित भएको छ । उक्त विद्यालयले ३५ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । खार्तम्छास्थित सुक्रजित माविले १ स्वर्ण ३ रजत ल्याएर सान्त्वना भएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । सान्त्वना हुने सुक्रजित मावि सहित अन्य पाँच विद्यालयलाई २५–२५ हजार रुपैयाँ दिएको अध्यक्ष राईले बताए । उक्त प्रतियोगितामा पालिकाभरका ८ माविले सहभागिता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित