किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलुङ

  • प्रकाशित मितिः माघ ४, २०८०
  • 283 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, माघ ४–माओवादी भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलुङ चयन भएका छन् । माघ ४ गते दिक्तेलमा सम्पन्न भेलाले थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अजम्बर काङमाङको प्रमुख आथित्यतामा भएको भेलाले सप्तमणि राईलाई सदस्य सचिवमा चयन गरेको छ । भेलामा प्रमुख अतिथि काङमाङले वर्तमान राजनीतिक उपलब्धि पहिलो हिस्सेदार नेकपा (माओवादी केन्द्र) रहेको बताउँदै अहिले पनि पहिचान र संघीयताको मुद्दा उतिकै महत्वपूर्ण रहेको उनको भनाई छ । किराती राष्ट्रिय मुक्ति मोर्चाले स्थापना कालदेखि नै पहिचानको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताउँदै अझ सशक्त आन्दोलनको आवश्यकता परेकाले सबैजना तयार हुन आव्हान गरे ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राईले पार्टीको नीति अनुसार जनवर्गीय संगठन तथा मोर्चाहरुको गठन भइरहेको र यसले पार्टीलाई मजबुद हुने विश्वास व्यक्त गरे । अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दुुर्गाजयन्ती राईले मोर्चाहरुलाई अझ सशक्त नबनाएसम्म पहिचान स्थापना हुन नसक्ने बताइन् । उनले प्रदेश १ लाई पहिचानको आधारमा नामकरण एक मात्र निर्विकल्प आन्दोलन रहेको बताइन् । वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकीले पहिचानको आन्दोलन पार्टीको आन्दोलन भएको बताउँदै किराती राष्ट्रिय मुक्ति मोर्चा मात्र होइन समुदायगत सम्पूर्ण मोर्चाहरु पहिचानको पक्षमा उभिनै पर्ने धारणा राखे । प्रदेश कमिटी सदस्य टंक थापा लगायतले माओवादी आन्दोलनमा जनवर्गीय संगठन र मोर्चाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित