अख्तियार दिक्तेल नगरपालिकाको १४ योजनाको कागजात नियन्त्रणमा लियो

  • प्रकाशित मितिः माघ ३, २०८०
  • 489 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ ३–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका विरुद्ध परेको उजुरीसम्वन्धी कागजात नियन्त्रणमा लिएको छ । विभिन्न योजनाहरुमा अनियमितता गरेको भन्दै आयोगमा परेको १४ वटा उजुरीसम्वन्धी योजनाका कागजात तथा फाइलहरु माघ ३ गते नियन्त्रणमा लिएको हो ।
नगरपालिका श्रोतका अनुसार स्थानीय तहको यो कार्यकालमा सञ्चालित योजनाहरुमध्ये विभिन्न दश वटा उजुुरीको फाइल प्रमाणीकरण गराई नियन्त्रणमा लिएको हो । तर कुन योजनाको हो भन्ने जानकारी गराइएको छैन ।


अख्तियारको टोलीले माघ ३ गते भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्वन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा खोटाङ जिल्लाबाट अख्तियारमा ७५ उजुरी परेको जानकारी दिइएको छ । यसमध्ये सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकामा २३ मध्ये एक फछ्रर्यौट, २२ उजुरी किनारा लाग्न बाँकी छ ।
त्यस्तै दिक्तेल रुपकोट मझुवागढी नगरपालिकामा २२ मध्ये आठ फछ्र्यौट १४ बाँकी, ऐसेलुखर्क गाउँपालिकामा ९ मध्ये ४ फछ्यौट ५ बाँकी, रावाबेसी गाउँपालिकामा ५ मध्ये ५ वटै बाँकी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ५ मध्ये ५ वटै बाँकी, साकेला गाउँपालिकामा ४ मध्ये ४ बाँकी, केपिलासगढी गाउँपालिकामा ३ मध्ये २ फछ्र्यौट १ बाँकी रहेको कार्यक्रममा आयोगले जानकारी गराएको छ ।
त्यसैगरी खोटेहाङ गाउँपालिकामा २ मध्ये १ फछ्र्यौट १ बाँकी, बराहापोखरी गाउँपालिकामा २ मध्ये १ फछ्र्यौट र १ बाँकी रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित