नगरप्रमुख विरुद्ध उजुरी दिनेलाई फूलमाला

  • प्रकाशित मितिः माघ १, २०८०
  • 200 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई विरुद्ध उजुरी दिने उजुरीकर्तालाई फूलमालाका साथ धन्यवाद दिइएको छ । हस्पिटलचौक–खानीडाडाँ–आहाले सडक खण्डका निर्माण कम्पनीलाई भट्टराईले उधारो सामान उपलब्ध गराएको तर त्यसवापतको रकम बेलामा उपलब्ध नभएको भन्दै प्रशासनमा उजुरी दिने अभिषेक कर्णलाई पुस २९ गते फूलमालाका साथ धन्यवाद दिइएको छ ।
नगरप्रमुख भट्टराईले उक्त सडक खण्डको निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभी सम्बद्ध शिव चौलागाईँलाई विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट उधारो सामान लिइदिएका थिए । यसका लागि असार ९ गते विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिबाट दश दिनभित्र रकम उपलब्ध गराउँने सर्तमा १५ लाख बराबरको सामान लिएर खातामा पैसा नभए पनि चेक काटेर दिएका थिए । उक्त सडक खण्डका निर्माण कम्पनीले आर्थिक अभाव देखाउँदै १०.९७४ किलोमिटर सडक निर्माण अलपत्र पारेपछि भट्टराईले जमानीमा सामान उपलब्ध गराएका थिए । यत्तिका दिनसम्म रकम उपलब्ध नभएपछि पुस २२ गते कर्णले नगरप्रमुख विरुद्ध उजरी दिएका थिए । त्यसको भोलिपल्ट नगरप्रमुख भट्टराईले गृह मन्त्रालय पुगेर निर्माण कम्पनी सम्बद्ध चौलागाई विरुद्ध उजुुरी दिएको थिए । त्यसपछि भने चौलागाईले विवेक मर्केन्डाइज एण्ड कन्सल्ट प्रालिलाई बाँकी रकम उपलब्ध गराएका थिए ।
उक्त निर्माण कम्पनीले २०७६ चैत ७ गतेभित्र सक्ने गरी २०७५ असोज १ गते संझौता गरेका थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजारको लागतमा कालोपत्रको काम सक्ने गरी संझौता गरेको थियो । तर काम अलपत्र पारेपछि आफू जमानी बसेर सामान उपलब्ध गराएको नगरप्रमुख भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित