अदालतले दोषी ठहराएका फरार पक्राउ

  • प्रकाशित मितिः पुष २९, २०८०
  • 225 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २९–जबरजस्ती करणी मुद्दामा अदालतले दोषी ठहराएका फरार पक्राउ परेका छन् । जिल्ला अदालत खोटाङको २०७४ जेठ ७ गतेको फैसलाले दोषी ठहराएका बराहापोखरी गाउँपालिका–१ का ४१ वर्षीय लवजित राईलाई पक्राउ गरी पुस २९ गते अदालतमा बुझाई जेल भुक्तानका लागि कारागार पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार राईलाई ललितपुर महालक्ष्मी नगरपालिका–४ मा पुस २७ गते खोटाङ ल्याइएको हो । राईलाई दुई वर्ष पाँच महिना १३ दिनको जेल सजायको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित