खोटाङको बाम्राङमा सुमो दुर्घटना हुँदा पाँच जना घाइते

  • प्रकाशित मितिः पुस २९, २०८०
  • 703 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २९–मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सुमो दुर्घटना भएको छ । दिक्तेलबाट हलेसी जाँदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो कारागारमुनि बाम्राङमा पुस २९ गते दिउसो साडे तीन बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ४० वर्षीय जमानसिंह तामाङ, वडा नं १२ जालपाका ४५ वर्षीय धनबहादुर राई, ५८ वर्षीय चन्द्रबहादुर राई, २८ वर्षीय आशिष राई र सप्तरी राजविराज नगरपालिका–२ क २५ वर्षीया भूमिका झा घाइते भएकी छन् । उनीहरुलाई जिल्ला अस्पतालमा उपचार भइरहेको कार्कीले बताए । उनीहरुको अवस्था सामान्य रहेको कार्कीले जनाए । गाडी अनियन्त्रित भई सडक भन्दा करिब पाँच मिटर तल झरेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित