नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–‘नेर्पा भुलभुले अन्तरवडास्तरीय पुरुष फुटबल प्रतियोगिता’को उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले चुमेको छ । पुस २८ गते सम्पन्न दोश्रो संस्करणको प्रतियोगितामा एक लाख ५० हजार राशी सहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र चुमेको हो ।
नेर्पा स्पोर्टस् क्लबले आफ्नै खेल मैदानमा आयोजना गरेको खेलमा आयोजक टिम ‘बी’ उपविजेता घोषित भयो । विजेतासंग १–२ ले पराजित हुदै नगद ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । नेर्पा स्पोर्टस् क्लब नेर्पाका अध्यक्ष शरद राईका अनुसार दोर्पाचिउरीडाँडाका खेलाडी बिजु भुजेलले पहिलो हापमा एक र दोस्रो हापमा एकगरी एक्लैले दुई गोल गरेपछि उपविजेता टिमले हारको स्वाद चाखेको हो । आयोजक नेर्पा ‘बी’का खेलाडी सुरज राईले पहिलो हापमा शुरुवाती गोल गरेपछि त्यत्तिमै चित्त बुझाएको छ ।
प्रतियोगिताको सेमिफाइनलिष्ट साकेला गाउँपालिका–२ रतन्छा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङले नगद २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
चिउरीडाडाँका खेलाडी भुजेल सवोत्कृष्ट खेलाडी घोषित भए । उनले पाँच हजार मेडल, ट्रफी र प्रमाणपत्रले पाएका छन् । प्रतियोगिताका हाइस्कोरर दोर्पाचिउरीडाँडाकै बिकी राई चुनिए । उनले नगद चार हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
वेष्ट कोचमा दोर्पाचिउरीडाँडाकै दिपेश राई घोषित भए । वेष्ट डिफेण्डर आयोजक टिम (टोली)का शरद गुरुङ, वेष्ट स्ट्राइकर नेर्पाकै सुनिल खड्का, वेष्ट मिड फिल्डर दोर्पाचिउरीडाँडाका शरद राई, वेष्ट गोलरक्षक दोर्पाचिउरीडाँकै बादल राई, द राईजिङ प्लेयर आयोजक नेर्पाका प्रज्वल गुरुङ घोषित भएका छन् । उनीहरुले जनही नगद दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका प्रमुख समिर राई, जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवबिक्रम राई लगायतले पुरस्कार वितरण गरेका छन् । उक्त खेल पुस–२२ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका मुख्य प्रायोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, सह–प्रायोजकहरु नेर्पाली एकता समाज काठमाडौँ, परशुराम राई फाउण्डेशन नेर्पा र वडा कार्यालय नेर्पालाई कदरपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित