खोटाङमा हिउ परेपछि खुसियाली छायो

  • प्रकाशित मितिः माघ १६, २०७५
  • 1805 पटक पढिएको
  • संवादताता

सविना अछामे-
खोटाङ, माघ १६–हिउ बर्सिएपछि खुसियाली छाएको छ । मङ्गलबार बेलुकी हिउ परेपछि खुसियाली छाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटकीय क्षेत्र रुपाकोट क्षेत्रमा बाक्लो हिउ परेपछि युवायुवतीदेखि पाकासम्म हिउ खेलिरहेका छन् । बुधबार बिहानैदेखि रुपाकोट आसपास हिउ खेल्नेहरुको घुइचो लागेको छ । यसबाहेक बुधबार बिहानै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, प्रहरी नायव उपरीक्षक राजकुमार केसी लगायत कर्मचारी तथा बैंकरहरु पनि हिउमा रमाएका छन् । यो पटक पचास वर्षमा यत्तिको हिउ परेको स्थानीयले बताएका छन् । यसअघि २०२८ सालमा मात्र यत्तिको हिउ बर्सिएको जानकारहरु बताउछन् ।
हिउ परेपछि किसानमा हर्ष छाएको छ । हिउ परेको साल खेतीपाती राम्रो हुने अगुवा कृषक शिवनारायण श्रेष्ठले बताए । हिउले जमिनमा हुने अनावश्यक किरा नष्ट गर्ने भएकाले हिउ परेको साल खेतीपाती राम्रो हुने अर्का अगुवा किसान तथा कृषि प्राविधिक गङ्गाबहादुर विश्वकर्माले बताए ।
विश्वकर्माका अनुसार हिउले माटो समेत खुकुलो बनाउने भएकाले किसान खुसी भएका छन् । हिउ परेपछि किसानले खनजोतको मेलो सुरु गरेको विश्वकर्माले सुनाए । हिउ परेपछि किसानमा उर्जा थपिएको विश्वकर्माले बताए । ‘हिउ परेपछि किसानमा उर्जा थपिएको छ ।’ विश्वकर्माले भने–‘हिउले माटोलाई खुकुलो तथा अनावश्यक किराहरु नष्ट गर्ने भएकाले किसानमा उर्जा थपिएको छ ।’
खोटाङको ऐसेलुखर्क गाउपालिका, केपिलासगढी गाउपालिकाको माथिल्लो क्षेत्रमा भारी मात्रामा हिउ बर्सिएको छ । खोटाङमा समुद्री सहतबाट करिब १६ सय मिटरमाथिसम्म हिउ परेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित