ऐसेलुखर्क इलाका प्रशासनमा पनि सेवा प्रवाह बन्द

  • प्रकाशित मितिः पुष २८, २०८०
  • 283 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २८–ऐसेलुखर्कस्थित इलाका प्रशासन कार्यालयमा एक साता बढीदेखि सेवा प्रवाह बन्द भएको छ । उक्त इलाका प्रशासनमा कार्यरत नायव सुब्बा राजेन्द्र भुर्तेलको कायम मुकायम अधिकृतको अवधि मङ्सिर १७ गते सकिएपछि सेवा प्रवाह बन्द भएको हो ।
उक्त इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण, दलित, जनजाति प्रमाणीकरण, नाबालक परिचयपत्र वितरण लगायतका सेवा बन्द भएको छ । इलाका प्रशासन कार्यालयको सेवा अवरुद्ध भएपछि उक्त गाउँपालिकाका सेवाग्राही मारमा परेको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । उक्त इलाका प्रशासनमा अधिकार प्राप्त अधिकृत नभएपछि पुस ४ र ५ गते प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार पुगेर सेवा दिएको बताएका छन् । यसका लागि सम्वन्धित निकायमा पत्र लेखिएको समेत प्रजिअ सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित