नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २६–जबरजस्ती करणीका फरार अभियुक्त कतारबाट पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका २२ वर्षीय किरण राईलाई कतारबाट पक्राउ गरी पुस २६ गते खोटाङ ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीका अनुसार २०७९ चैत १६ गते स्थानीय युवतीलाई जबरजस्ती करणी गरी फरार राईलाई नेपाल प्रहरीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरी कतार सरकारसंगको सहकार्यमा पक्राउ गरिएको हो । उनलाई कतार एअरलाइन्सको जहाजमार्फत पुस २५ गते काठमाडौं र पुुस २६ गते खोटाङ ल्याएर दश दिनको म्याद थप गरी अनुसन्धान बढाइएको कार्कीले बताए । राई गत जेठ ४ गते कतार पुगेका थिए । जबरजस्ती करणीपछि एक महिनाअघि बच्चा समेत जन्मिसकेको कार्कीले सुनाए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित