नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २६–खोटेहाङ गाउँपालिकाको खोटाङ बजारस्थित इलाका प्रशासन कार्यालयमा तीन दिनदेखि सेवा प्रवाह बन्द भएको छ । उक्त कार्यालयमा कार्यरत कायम मुकायम शाखा अधिकृत मोहनबहादुर राईको अवधि सकिएपछि सेवा प्रवाह बन्द भएको हो ।
राईलाई ६ महिनाअघि गृह मन्त्रालयले कायम मुकामको जिम्मेवारी दिएको थियो । उनको कायम मुकायम अवधि सकिएपछि नागरिकता, जनजाति, दलित प्रमाणीकरण, नाबालक परिचय–पत्र लगायतका काम बन्द भएका छन् । गत पुस २० गतेदेखि सकिएपछि बीचमा दुई दिन आफैं गएर नागरिकता लगायतका सेवा दिएर आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । त्यसपछि अहिले कामकाज ठप्प भएको प्रजिअ सुनारले बताए । कर्मचारी व्यवस्थाका लागि सम्वन्धित निकायमा पत्राचार गरिसकेको प्रजिअ सुनारको भनाई छ । सेवा प्रवाह रोकिएपछि खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउँपालिकाका २१ वटा वडाका सेवाग्राही मारमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित