सविना अछामे–
खोटाङ, पुस २५–खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका तुलसीराम चौलागाईको घर र गोठ जल्दा २२ लाख बढीको क्षति भएको छ । पुस २४ गते राती चौलागाईको एउटा घर, एउटा मतान र दुई वटा गोठमा आगलागी हुदा यत्तिको क्षति भएको हो ।
खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईका अनुसार ढुङ्गा माटोले बनेको दुई तले एउटा घर, एउटा मतान र दुई वटा बर्खे गोठ पूर्ण रुपमा नष्ट भएको छ । अन्न्पात, भाँडाकुडा, लत्ताकपडा, नगद, पशु चौपाया लगायत गरी २२ लाख ८८ हजारको क्षति भएको प्रहरीले मुचुल्का गरेको वडाअध्यक्ष शिवप्रसाद फुयालले बताए । उनका अनुसार गोठमा ४५ वटा खसी आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाधिएको एउटा भैंसी र एउटा पाडा भने बचाएका छन् ।
बेलुकी करिब सात बजेतिर सुरु भएको आगो गाउ“पालिकाको दमकलले करिब ११ बजेतिर नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । चौलागाईको परिवारलाई तत्काललाई त्रिपाल दिइएको र फेरि अन्य सहयोग गर्ने तयारी गरिएको राईले बताए । आगलागी संलग्नको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित