खोटाङ बजारमा आगलागी हुँदा २२ लाख बढीको क्षति

  • प्रकाशित मितिः पुष २५, २०८०
  • 188 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस २५–खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका तुलसीराम चौलागाईको घर र गोठ जल्दा २२ लाख बढीको क्षति भएको छ । पुस २४ गते राती चौलागाईको एउटा घर, एउटा मतान र दुई वटा गोठमा आगलागी हुदा यत्तिको क्षति भएको हो ।
खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राईका अनुसार ढुङ्गा माटोले बनेको दुई तले एउटा घर, एउटा मतान र दुई वटा बर्खे गोठ पूर्ण रुपमा नष्ट भएको छ । अन्न्पात, भाँडाकुडा, लत्ताकपडा, नगद, पशु चौपाया लगायत गरी २२ लाख ८८ हजारको क्षति भएको प्रहरीले मुचुल्का गरेको वडाअध्यक्ष शिवप्रसाद फुयालले बताए । उनका अनुसार गोठमा ४५ वटा खसी आगोले जलेर मरेका छन् । स्थानीय र प्रहरीले गोठमै बाधिएको एउटा भैंसी र एउटा पाडा भने बचाएका छन् ।
बेलुकी करिब सात बजेतिर सुरु भएको आगो गाउ“पालिकाको दमकलले करिब ११ बजेतिर नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । चौलागाईको परिवारलाई तत्काललाई त्रिपाल दिइएको र फेरि अन्य सहयोग गर्ने तयारी गरिएको राईले बताए । आगलागी संलग्नको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित