नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २३–ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै रकम ठगी गरेको आरोपमा दिक्तेलकै ३२ वर्षीया गंगा विश्वकर्मा पक्राउ परेकी हुन् ।
भुजेललाई सस्तोमा जग्गा उपलब्ध गराउँछु भन्दै विभिन्न समयमा ११ लाख ५० हजार तीन सय ५० रुपैयाँ लिएर जग्गा उपलब्ध नगराएको भन्दै प्रहरीमा उजुरीपछि उनलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ स्थित उनकै कोठाबाट पुस २१ गते पक्राउ गरी पुस २३ गते जिल्ला अदालत खोटाङमा सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित