खोटाङमा सम्पन्न ब्याडमिन्टनको उपाधि भोजपुरका खेलाडीलाई

  • प्रकाशित मितिः पुष २२, २०८०
  • 302 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङु पुस २२–प्रथम जिल्लास्तरीय ब्याडमिन्टनको प्रथम उपाधि भोजपुरका विशाल तामाङ र विवेश श्रेष्ठको जोडीले जितेका छन् । दिक्तेलको माटिकोरे कभर्ड हलमा पुस २१ गते सम्पन्न पुरुष डबलमा प्रथम उपाधि जितेका हुन् ।
योसंग नगद बीस हजार, ट्रफी, मेडल र प्रमाणपत्र समेत हात पारेका छन् । दोश्रो हुने दिक्तेलका सविन श्रेष्ठ र सोलुखुम्बुका अर्जुन श्रेष्ठको जोडीले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । तेश्रो हुने उदयपुरका सन्तोस कटवाल र विनय चौधरीको जोडी तथा खोटाङ बाम्राङका सन्जय कार्मी र परशुराम थापाको जोडीले नगद दश÷दश हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
पुरुष सिङ्गलमा भोजपुरकै विशाल तामाङ पहिलो भए । उनले नगद १६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । भोजपुरकै विवेक श्रेष्ठ दोश्रो घोषित भए । उनले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात परे । उदयपुरका विनय चौधरी र खोटाङ दोर्पाका ज्योतिहाङ राई तेश्रो भएका छन् । उनीहरुले नगद आठ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् ।


त्यसैगरी पुरुष भेट्रान ४५ प्लसमा खोटाङका विसन राई र दिनेश राईको जोडी प्रथम भएका छन् । उनीहरुले नगद १६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोश्रो हुने खोटाङ बाम्राङका दीपक राई र सुनिल परियार जोडीले १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दिक्तेलका समुद्रप्रसाद जोशी र अशोक उदासको जोडी तथा दिक्तेलकै ज्ञानेन्द्र जोशी र समीर बजिमयको जोडी तेश्रो घोषित भएका छन् । उनीहरुले १०/१० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।


डबल महिलामा साकेला गाउँपालिकाकी नङ्सला तामाङ र कल्पना जोशीको जाडीले प्रथम उपाधि जितेकी छन् । उनीहरुले नगद १६ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकी छन् । दिक्तेलकी रेणुका राई र रोजिना राईको जोडी दोश्रो घोषित भइन् । उनीहरुले १२ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएकी छन् । सोलुखुम्बुकी पूजा मगर र मायाँ राईको जोडी तथा दिक्तेलकी इस्मिता राई र ममता राईको जोडी तेश्रो भइन् । उनीहरुले १०/१० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पारेको ब्याडमिन्टन संघ खोटाङका अध्यक्ष परशुराम थापाले बताए । उक्त खेलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सालपा विकास बैंकले प्रायोजन गरेको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, सालपा विकास बैंकका प्रवन्धक दिपकर राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित