सविना अछामे–
खोटाङ, पुस १८–बैंकिङ कसुर मुद्दामा एक महिला पक्राउ परेकी छन् । एक महिलालाई ३५ लाख २५ हजार रुपैयाँको चेक दिएको तर उक्त खातामा रकम नभएको भन्दै परेको उजुरीको आधारमा उदयपुर चुहाडेमा जन्म भई दोलखा फन्कु स्थायी घर र हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ४१ वर्षीया सुनिता खड्का ललितपुर थसिखेलबाट पुस १७ गते पक्राउ परेकी हुन् ।
उनलाई खोटाङ ल्याएर पुस १८ गते सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । सुनिताले खोटाङकी निर्मला भुजेललाई विभिन्न प्रलोभन देखाएर विभिन्न समयमा गरी ३५ लाख २५ हजार रुपैयाँ लिएको र उक्त रकम फिर्ता गर्न बैंक अफ काठमाडौंको चेक दिएको तर रकम भने नभएकाले उजुरी परेपछि बैंकिङ कसुरसम्वन्धी कारबाही प्रक्रिया बढाइएको डिएसपी खड्काको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित