नेपाली सेनालाई बनाई दियो बहुउद्देश्यीय हेलिप्याड र सौचालय

  • प्रकाशित मितिः पुष १८, २०८०
  • 197 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १८–मुढेस्थित गोरखनाथ गण मुडे ब्यारेकमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा बहुउद्देश्यीय हेलिप्याड र सौचालय निर्माण गरिदिएका छन् । धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा निर्माण गरिएको हेलिप्याड र सौचालय निर्माण गरेका हुन् ।
हलेसीमा आउँने पर्यटक तथा आकस्मिक रुपमा उद्धार गर्नुपर्ने बिरामीका लागि आवश्यक हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए । तीस मिटर लम्बाई र तीस मिटर चौडाई भएको उक्त हेलिप्याडमा ३५ जना बोक्न सक्ने हेलिकोप्टर अवतरण गर्न र भलिबल समेत खेल्न सकिने गुरुङको भनाई छ । यसका साथै स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय समेत निर्माण गरिएको गुरुङले बताए । उक्त संरचना निर्माणका लागि दुई हप्ता लागेको गुरुङले बताए । हेलिप्याडका साथै पुरुष र महिलाका लागि छुट्टा–छुट्टै सौचालय समेत निर्माण गरिदिएका छन् ।
नेपाली सेनाले निर्माण गरेको हेलिप्याड, भलिबल खेलमैदान र शौचालय बुधबार हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले उद्घाटन गरेकी छन् । यसक्रममा नेपाली सेनाको योगदानप्रति प्रसंसा गरिन् । उद्घाटनको अवसरमा उक्त बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट चारवटा भलिबल र दुईवटा नेट (जाली)समेत उपलब्ध गराएको छ । यसमध्ये दुईवटा भलिबल र एउटा नेट वडा नं. ७ महादेविस्थान र दुईवटा भलिबल र एउटा नेट वडा नं. ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित