महिला हत्या अभियोगमा श्रीमान–श्रीमती पक्राउ

  • प्रकाशित मितिः पुष १८, २०८०
  • 360 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, पुस १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ३६ वर्षीया पवित्रा तामाङको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । तामाङको हत्या अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना राई काठमाडौंको महालक्ष्मी नगरपालिका बोजेपोखरीबाट पक्राउ परेका हुन् ।
गत मङ्सिर १९ गते पत्कर राख्ने गोठमा हत्या गरी फरार श्रेष्ठ र घटनाको मतियारको रुपमा भूमिका निर्वाह गरेको अभियोगमा राईलाई पुस ११ गते काठमाडौंमा पक्राउ गरी पुस १८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पुस ३ गते तामाङ हराएको जाहेरी परेको र त्यसपछि खोज्ने क्रममा घरबाट तीन सय मिटरको दूरीमा जाहेरवालको गोठमा राखिएको पत्करभित्र मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।
मृतकले लगाएको दुई थान माडबरी (सुन) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा बचत तथा ऋण सहकारीबाट बरामत गरेको डिएसपी खड्काले बताए । हत्या आरोपमा पक्राउ परेकी सिर्जना राईले सासु मार्फत उक्त सहकारीमा राख्न लगाएको प्रहरीको भनाई छ । हत्यामा संलग्नहरुबाट दुई थान मोबाइल सिम, दुई थान मोबाइल, हत्यामा संलग्नका ससुराबाट एक थान मोबाइल बरामत गर्नुका साथै घटनास्थलबाट एक थान हथौडा (हम्मर) फेला पारिएको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित