भुटानी वडामहारानी हलेसी दर्शनपछि काठमाडौ फर्किइन्

  • प्रकाशित मितिः माघ १५, २०७५
  • 1903 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १५–भुटानी बडामहारानी ग्यालुम दोर्जी वाङ्मो हलेसीको दर्शनपछि मङ्गलबार बिहान काठमाडौं फर्किएकी छन् । सोमबार ४ बजे हलेसी आइपुगेकी वाङ्मो सोमबार बिहान हलेसीस्थित शिवथान, पार्वतीथान र बसाहाथानको दर्शन तथा पूजाआराधनापछि पूजाआधारानापछि काठमाडौं फर्किएकी हुन् । विश्वप्रसिद्ध मारतीका गुम्बाको भने दर्शन गरिनन् ।
उनको साथमा तीन नाति, भारत–भुटानी राजदूत भी.न्यामग्याल सहित २२ जनाको टोली सहभागी थिए । उक्त टोलीलाई हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले स्वागत गरेका थिए । उनी एक साताको पारिवारिक तथा निजी भ्रमणका लागि नेपाल आएको नगरप्रमुख राईले सुनाए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित