एमाले कांग्रेसका १५ जना माओवादीमा प्रवेश

  • प्रकाशित मितिः पुष १३, २०८०
  • 441 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १३–दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा एमाले, कांग्रेस लगायतका १५ जना माओवादीमा प्रवेश गरेका छन् । पुस १३ गते सम्पन्न नेकपा माओवादी केन्द्रको दोश्रो वडा सम्मेलनमा प्रवेश गरेका हुन् ।
एमालेबाट दिलकुमार राई, अङ्कबहादुर राई, इमानसिं विश्वकर्मा, अस्मिता विश्वकर्मा, टिकाराम विश्वकर्मा, सीता विश्वकर्मा, चली विश्वकर्मा, बुद्धिमान विश्वकर्मा, सहवीर विश्वकर्मा, सिर्जना राई, श्रीप्रसाद दर्जी, दिनेश सुनाम प्रवेश गरेका हुन् । त्यस्तै कांग्रेसका जानुका विश्वकर्मा, अर्जुन मगर, नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर मगर पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्रका युवा नेता अरुण चाम्लिङले बताए ।
माओवादी केन्द्रका लेखा समिति आयोगका अध्यक्ष पेशल खतिवडाको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा प्रवेश गरेका हुन् । सम्मेलनले दिपककुमार राईको अध्यक्षतामा २९ सदस्यीय वडा समिति निर्माण गरिएको चाम्लिङले बताए ।
माओवादी केन्द्रले सञ्चालन गरेका जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत वडा–वडामा भेला, सम्मेलन तथा जनवर्गीय संगठन तथा मोर्चाहरुको सम्मेलन भइरहेको चाम्लिङले बताए । यसका साथै पार्टी सदस्यता नवीकरण, वितरण लगायतका काम भइरहेको चाम्लिङले सुनाए । सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य ध्रुब बुढाथोकी ‘धीरेन’, जिल्ला संयोजक दिपक पाण्डे ‘आकाश’, जिल्ला समन्वय समिति सदस्य तथा प्रदेश विभाग सदस्य कृष्ण कार्की, वाइसीयल जिल्ला अध्यक्ष तथा पार्टीका पालिका समिति उपाध्यक्ष किसान राई, पालिका सचिव दिपक पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित