नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ११–किराती समुदायको उधौलीको अवसरमा राज्यले दिएको सार्वजनिक बिदाको दिन बराहापोखरी गाउँपालिकामा विद्यालय सञ्चालन गरेको भन्दै किरात राई यायोक्खा खोटाङले जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा समन्वय इकाइमा ज्ञापन पत्र बुझाएको छ । पुस १० गते किराती समुदायको उधौलीको अवसरमा राज्यले दिएको बिदामा विद्यालय सञ्चालन गरेको भन्दै पुस ११ गते सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह र जिल्ला शिक्षा समन्वय इकाइका निमित्त प्रमुख नन्दबहादुर वि.क.लाई ज्ञापन पत्र बुझाएका हुन् ।

किराती समुदायको अस्तित्वलाई नामेट गर्ने गरी राज्यले दिएको सार्वजनिक बिदामा विद्यालय सञ्चालन गरिएकाले कानुन अनुसारको कारबाही गर्नु पर्ने किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातले बताए । गाउँपालिका अध्यक्ष सालिग्राम बन्जराले भने उक्त गाउँपालिकाका शिक्षक महासंघ, प्रअहरुले निर्णय गरेरै विद्यालय सञ्चालन गरेको बताए । शिक्षक महासंघका अध्यक्ष विश्वमणि आचार्यले गत असोज ४ र ५ गते काठमाडौंमा भएको शिक्षकहरुको आन्दोलनमा सहभागी हुन विद्यालय बन्द गरिएको र त्यसको सट्टामा पुस ९ गते इद र पुस १० गते उधौलीमा विद्यालय सञ्चालन गरिएको बताए । उक्त पालिकामा ६ मावि र २८ आधारभूत विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित