दुर्घटनामा मोटरसाइकलमा सवारको मृत्युपछि यातायात अबरुद्ध

  • प्रकाशित मितिः पुस ९, २०८०
  • 751 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
सिन्धुली, पुस ९—बीपी राजमार्ग सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । पुस ९ गते विहान भएको दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका–२ का २० वर्षीय सुशन राई र उनीसंगै पछाडि बसेर सवार गर्ने खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।
रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४५९३ नम्बरको अरनिको बस र विपरीत दिशाबाट आएको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै कारबाहीको माग गरेर बस जलाउँनका साथै सडक अबरुद्ध पारेका छन् । सडक अवरुद्ध भएपछि बोहोरेटारमा सवारी साधनको लर्को लागेको छ ।
बस चालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले बताए । घटनास्थल पुगेका सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले सडकको अवरोध खुलाउँने प्रयास भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित