खोटेहाङको वाप्लुखामा अन्तर पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

  • प्रकाशित मितिः पुष ७, २०८०
  • 227 पटक पढिएको
  • संवादताता

दिनेश राई–
खोटाङ, पुस ७–खोटेहाङ गाउँपालिकाको वाप्लुखामा अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस ६ गते सुरु भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
वाप्लुखाको महेन्द्रोदय माविमा सुरु राष्ट्रपति रनिङ शिल्डमा भलिवल (महिला, पुरुष), कबडी (महिला, पुरुष), रिले दौड (महिला, पुरुष), छेलो (महिला, पुरुष) लम्जम्प (महिला, पुरुष) लगायतका खेल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित