जिल्ला अस्पतालमा एनआइसीयु नभएपछि शिशु र आमालाई काठमाडौं पठाइयो

  • प्रकाशित मितिः पुष १, २०८०
  • 363 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–जिल्ला अस्पताल खोटाङमा एनआइसीयु नहुँदा नवजात शिशु र आमालाई काठमाडौ लगिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका निशा लिम्बुले जिल्ला अस्पताल दिक्तेलमा पुस १ गते बिहान साडे चार बजे ७ महिना एक हप्ता शिशुलाई जन्म दिएपछि शिशुलाई आवश्यक एनआइसीयु नभएपछि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तरगतको हेलिकोप्टरबाट पुस १ गते बिहान १० बजेतिर काठमाडौ पठाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताए । उनलाई काठमाडौस्थित कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । लिम्बुले ११ सय ग्रामको शिशु जन्माएकी हुन् ।

तस्बिर सौजन्य  : खेमराज आचार्य

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित