नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १–सडक अबरुद्ध गरेको अभियोगमा पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायतका १३ पहिचानपक्षधरहरु पुस १ गते साँझ छुटेका छन् । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पु¥याएको आरोपमा मङ्सिर २६ गते पक्राउ परेका पूर्व संूस्कृति मन्त्री किराती लगायत पाँच जना र आइतबार विहान पक्राउ परेका ८ जना छुटेका हुन् ।

उनीहरुमध्ये मङ्सिर २६ गते पक्राउ परेका पूर्व संस्कृति मन्त्री किराती लगायत जनता समाजवादी पार्टी खोटाङका जिल्ला सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई अभद्र व्यवहार मुद्दामा जनही एक हजार रुपैयाँका दरले धरौटीमा छाडिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।
उनीहरुबाहेक पुस १ गते विहान पक्राउ परेका दिक्तेलको किरातचौकबाट पक्राउ परेका आठ जनालाई भने मुद्दा नै नचलाई छाडिएको प्रजिअ सुनारले बताए । प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति खोटाङका संयोजक तथा नेकपा माओवादी केन्द्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सचिव युगसन किरात, प्रदेश १ पुनःनामाङ्कन युवा संघर्ष समिति खोटाङका संयोजक तथा जनता समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष निर्मल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा जनता समाजवादी पार्टीका जिल्ला सचिव सुनिल राई, संघर्ष समितिका जिल्ला सदस्य तथा नेकपा एकीकृत समाजवादीकी जिल्ला सचिवालय सदस्य संगीता राई, संघर्ष समितिका जिल्ला सदस्य सोनामहाङ राई, संघर्ष समितिका जिल्ला सदस्यहरु मेलिना राई, उपार्जन राई, र लक्ष्मी राईलाई मुद्दा नचलाई पुस १ गते साँझ नै छुटेका हुन् ।पक्राउ परेका पहिचानपक्षधरहरु रिहाई भएपछि दिक्तेलबजारमा नाराबाजी गर्दै किरात चौकमा पुगेर कोणसभा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३१–हलेसी तु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ३०–किराती स�... ... ...
सविना अछामे–खोटाङ, जेठ २९–जिल्ला खेलकुद विकास ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २९–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ २३–जिल्लाक�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित