खोटाङमा के गर्दै छन् एनजीओ–आइएनजीओ ?

  • प्रकाशित मितिः माघ १५, २०७५
  • 1160 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, माघ १५–जिल्लामा करिव एक अर्बको हाराहारीमा दातृ निकायको लगानी रहेको पाइएको छ । अमेरिकन दातृ निकाय युएसएड, क्रिश्चियन एड (केड), स्वीस लगायतको लगानी देखिएको छ । युएसएड (अमेरिकन) दातृ निकायको आर्थिक सहयोगमा (सवल कार्यक्रम) जनसेवा समाज नेपालले जीविकोपार्जन, स्वास्थ्य पोषण र जलवायु परिवर्तनसम्वन्धी काम गरेको पाइएको छ । यस अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, केपिलासगढी गाउ“पालिकाको वडा नं १ फेदी, वडा नं २ खार्तम्छा, वडा नं ३ बास्पानी, वडा न बाक्सिला, वडा नं ७ सुङ्देलमा उक्त कार्यक्रम सञ्चालन गरेको छ । 
त्यस्तै हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको बतासे, खोटेहाङ गाउ“पालिकाको लिच्कीराम्चे र बराहापोखरी गाउ“पालिकाको साउने र बराहपोखरीमा यो कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि करिब एक करोड ४५ लाखभन्दा बढी युएसएडको लगानी रहेको जनसेवा समाज नेपालका लेखाअधिकृत मनोज राईले बताए ।
त्यस्तै युएसएडकै आर्थिक सहयोगमा नवकिरण सेवा समाज नेपालले पनि (सवल कार्यक्रम) जीविकोपार्जन, स्वास्थ्य पोषण र जलवायु परिवर्तनबारे कार्यक्रम गरिरहेको छ । उसले जिल्लाको दक्षिणी क्षेत्र पौवासेरा, चिसापानी, मौवाबोटे, फाक्टाङ, बोपुङ, देविस्थानमा उक्त कार्यक्रम सञ्चालन गरेको छ । पश्चिमी क्षेत्र दुर्छिम, धितुङ, बाहुनीडाडा“, बडहरे, डिकुवा, च्यास्मिटार पनि पनि यो कार्यक्रम सञ्चालन गरेको छ । यसका लागि एक करोड ५१ लाख रूपैया“ बजेट खर्च हुने सवल कार्यक्रमका लेखा तथा प्रशासन अधिकृत महानन्दप्रकाश पौडेलले बताए । 
क्रिश्चियनएड (केड)को आर्थिक सहयोगमा बालसेवा समाज नेपालले सशक्तिकरणका लागि महिला संलग्नता कार्यक्रम सञ्चालन गरेको छ । करिब एक करोड ४७ लाख रुपैया“को बजेटमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपा, खार्मी, पाथेका र बुइपामा यो कार्यक्रम सञ्चालन गरिएको हो । 
त्यस्तै बालसेवा समाजले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त कार्यक्रम जिल्लाको साकेला गाउ“पालिका, दिप्रुङ चुइचुम्मा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका, जन्तेढुङ्गा गाउ“पालिका र बराहापोखरी गाउ“पालिकामा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमका लागि भने नेपाल सरकारको घरेलु विकास समिति मार्फत बजेट उपलब्ध हुने बालसेवा समाज नेपालका कार्यक्रम संयोजक युवराज रिजालले बताए ।
जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गर्ने स्वीस सरकारले कृषि प्रसार विकास कार्यक्रम, कृषि व्यवसायीकरण, सिप नथा पुननिर्माण, साना सिचाइ कार्यक्रम, झोलङ्गेपुल, स्थानीय सडक पुल, सुरक्षित आप्रवासन लगायतका कार्यक्रम सञ्चालन भएको छ । यी कार्यक्रमका लागि स्वीस सरकारको झण्डै १७ करोड लगानी छ । 
यसमध्ये साना सिचाइको छ करोड, झोलङ्गे पुलमा दुई करोड, कृषि प्रसारमा चार करोड, कृषि व्यवसायीकरणमा एक करोड, सुरक्षित आप्रवासन एक करोड, स्थानीय सडक पुलमा एक करोड रुपैया“को बजेटमा कार्यक्रम सञ्चालन भएको हो । स्वीस लगानीमध्ये स्थानीय सडक पुल र झोलङ्गे पुल कार्यक्रमको बजेट भने प्रदेश सरकारमार्फत बजेट आउने स्वीस सम्बद्ध एक कर्मचारीले बताए । उनका अनुसार कृषि प्रसार विकास कार्यक्रम, कृषि व्यवसायीकरण, सिप नथा पुननिर्माण, साना सिचाइ कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रमको बजेट भने पालिकामार्फत आउने छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित