खोटाङमा पहिचानपक्षधरहरुले यातायात ठप्प पारे

  • प्रकाशित मितिः मंसिर ३०, २०८०
  • 859 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर ३०–खोटाङमा पहिचानपक्षधरहरुले यातायात ठप्प पारेका छन् । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा अवरोध गर्नेहरुलाई पक्राउ गरिएपछि उनीहरुलाई विना सर्त रिहाइको माग गर्दै मङ्सिर ३० गते विहानैदेखि बन्द गरेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको हो ।


बन्दकर्ताले जिल्लाभर यातायात चल्न दिएका छ्रनन् । प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको आह्वान गरेपछि यातायात ठप्प पारेका हुन् । मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल, हुर्लुङ, नुनथला, हलेसी लगायतका क्षेत्रमा बन्दकर्ता कसेर यातायात बन्द गराएका हुन् । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने प्रहरीको निगरानीमा यातायात सञ्चालन गरिरहेको बताएका छन् ।


खोटाङमा पूर्व संस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ लगायत पाँच जना पक्राउ गरी हिरासतमा राखिएको छ । प्रदेशभर ओलीको भ्रमणमा अवरोध गर्ने ३५ जनालाई पक्राउ परेको संघर्ष समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित