प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा मङ्सिर ३० र पुस १ गते यातायात बन्दको घोषणा

  • प्रकाशित मितिः मंसिर २९, २०८०
  • 1008 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २९–प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले दुई दिन यातायात बन्दको घोषणा गरेको छ । विभिन्न जिल्लाका ३५ जनालाई पक्राउ गरेर नछाडेको भन्दै त्यसको विरोधमा मङ्सिर ३० र पुस १ गते प्रदेशभर यातायात बन्दको घोषणा गरेको हो ।
एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध गर्दे क्रममा पक्राउ परेका खोटाङ, भोजपुर, धनकुटा, तेह«थुम, सङ्खुवासभा, उदयपुर लगायतका जिल्लाहरुबाट पक्राउ परेकाहरुलाई विना सर्त रिहाईको माग गर्दै बन्दको आह्वान गरेको प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए ।
मङ्सिर २६ गते ओलीको संकल्प यात्रालाई अवरोध पु¥याएको आरोपमा पक्रउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती, कोसी प्रदेश मुख्यमन्त्री केदार कार्कीलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका संघर्ष समिति झापाका संयोजक पाण्डपलाल चौधरी लगायत विभिन्न जिल्लाबाट पक्राउ परेका ३५ जनालाई झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै विना सर्त रिहाईको माग गर्दै बन्दको आह्वान गरेको किरातले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित