सविना अछामे–
खोटाङ, मङ्सिर २९–ऐसेलुखर्कमा मङ्सिर २९ गते सम्पन्न अनेरास्ववियुको २४ औ जिल्ला अधिवेशनले विष्णु उपरकोटीलाई अध्यक्ष चयन गरेको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिप बडालको प्रमुख आतिथ्यमा ऐसेलुखर्कको त्रिभूवन माविमा सम्पन्न अधिवेशनमा उपरकोटीको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
उपाध्यक्षमा सुरेश प्रधान र सुशिला तिम्सिना, सचिवमा अभिषेक घिमिरे, सहसचिवमा इश्वर आचार्य, प्रकाश पौडेल, विक्रम क्षेत्री र उर्मिला राई तथा कोषाध्यक्षमा रम्बोहाङ राई चयन भएका छन् । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाय, एमाले केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेल तथा एमाले खोटाङका अध्यक्ष राम दङ्गालको विशेष आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित