अनेरास्ववियु खोटाङको अध्यक्षमा विष्णु उपरकोटी

  • प्रकाशित मितिः मंसिर २९, २०८०
  • 268 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर २९–ऐसेलुखर्कमा मङ्सिर २९ गते सम्पन्न अनेरास्ववियुको २४ औ जिल्ला अधिवेशनले विष्णु उपरकोटीलाई अध्यक्ष चयन गरेको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिप बडालको प्रमुख आतिथ्यमा ऐसेलुखर्कको त्रिभूवन माविमा सम्पन्न अधिवेशनमा उपरकोटीको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।
उपाध्यक्षमा सुरेश प्रधान र सुशिला तिम्सिना, सचिवमा अभिषेक घिमिरे, सहसचिवमा इश्वर आचार्य, प्रकाश पौडेल, विक्रम क्षेत्री र उर्मिला राई तथा कोषाध्यक्षमा रम्बोहाङ राई चयन भएका छन् । कार्यक्रममा अनेरास्ववियु केन्द्रीय महासचिव नरेश रोकाय, एमाले केन्द्रीय सदस्यहरु खगेन्द्र राई र रमेश पौडेल तथा एमाले खोटाङका अध्यक्ष राम दङ्गालको विशेष आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित