एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास, घटनामा संलग्न एक पक्राउ

  • प्रकाशित मितिः मंसिर २८, २०८०
  • 198 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
धनकुटा, मङ्सिर २८–नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आक्रमण प्रयास गरेको अभियोगमा धनकुटा महालक्ष्मी–५ का महेश राई पक्राउ परेका छन् । प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेर ओलीमाथि आक्रमण गर्न खोजेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले फूलमाया लगाउँने लाइनमा जान खोजेको तर एमाले कार्यकर्ताकै सहयोगमा स्वागत गर्ने लाइनमा पुगेर टाउकोमा मुक्का हान्ने प्रयास गरेको प्रहरीले जनाएको छ । ओली झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेपछि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेर राईले आक्रमण प्रयास गरेको प्रहरीको भनाई छ । आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित