नमस्ते खोटाङ संवाददाता–
धनकुटा, मङ्सिर २८–नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई आक्रमण प्रयास गरेको अभियोगमा धनकुटा महालक्ष्मी–५ का महेश राई पक्राउ परेका छन् । प्रहरीले रोक्न खोज्दाखोज्दै भीडमा पसेर ओलीमाथि आक्रमण गर्न खोजेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले फूलमाया लगाउँने लाइनमा जान खोजेको तर एमाले कार्यकर्ताकै सहयोगमा स्वागत गर्ने लाइनमा पुगेर टाउकोमा मुक्का हान्ने प्रयास गरेको प्रहरीले जनाएको छ । ओली झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गरेपछि फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेर राईले आक्रमण प्रयास गरेको प्रहरीको भनाई छ । आक्रमण लगत्तै एमाले कार्यकर्ताले उनलाई कुटपिट गरेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित