धनकुटामा नौ पहिचानवादी पक्राउ

  • प्रकाशित मितिः मंसिर 28, 2080
  • 657 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
धनकुटा, मङ्सिर २८—धनकुटामा नौ पहिचानवादी पक्राउ परेका छन् । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ बिथोल्न पहिचानपक्षधरहरुले गरेको बन्दको क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरूलाई धनकुटा र भोजपुरको सीमाना लेगुवाबाट पक्राउ गरिएको धनकुटा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रदेश पहिचान संयुक्त संघर्ष समिति सङ्खुवासभाका संयोजक वीरेन्द्र्र खारा राई, किरात राई यायोख्खा धनकुटाका अध्यक्ष उद्धवमणि राई, किरात याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसि तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई, पनित कुलुङ छन् ।
मङ्सिर २८ गते ओलीको धनकुटाको लेगुवा, पाख्रिबास, हिले, सिधुवा हुँदै तेह्रथुमको वसन्तपुरमा सभा आयोजना हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित