सडक अबरुद्ध गरेको अभियोगमा पक्राउ परेका पूर्व संस्कृति मन्त्री किराती लगायत पाँच जनालाई पाँच दिनको म्याद थप

  • प्रकाशित मितिः मंसिर २७, २०८०
  • 894 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २७–सडक अबरुद्ध गरेको अभियोगमा मङ्सिर २६ गते पक्राउ परेका पाँच जनालाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान बढाएको छ । एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा अवरोध पु¥याएको आरोपमा हलेसीबाट पक्राउ परेका पूर्व संस्कृति मन्त्री गोपाल किराती लगायत पाँच जनालाई मङ्सिर २६ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाएको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार पक्राउ परेका पाँचै जनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाइएको छ । उनका अनुसार पूर्व संस्कृति मन्त्री किराती लगायत जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसीयल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई र नुनथलाबाट नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङलाई पाँच दिनको म्याद थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित