पहिचानको नाममा भावनामा बहकिन हुँदैन : ओली

  • प्रकाशित मितिः मंसिर २६, २०८०
  • 230 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–

खोटाङ, मङ्सिर २६–एमाले अध्यक्ष केपी ओलीले पहिचानको नाममा भावनामा बहकिन नहुने बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा ओखलढुङ्गाको हर्कपुरमा मङ्सिर २६ गते आयोजित सभामा त्यस्तो धारणा राखेका हुन् ।

ओलीले राष्ट्रिय एकता र सबल राष्ट्रनिर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए । देशलाई बर्बाद हुनबाट जोगाउ“न एमालेको सरकार आवश्यक रहेको बताएका छन् । उनले आगामी चुनावमा एकल बहुमत ल्याएर एमालेले सरकार बनाउ“ने समेत बताए । देशमा राजनीतिक स्थिरता, विकास र सुशासनका लागि पनि एमालेको सरकार जान अपरिहार्य भएको ओलीले बताए । विकास निर्माणलाई अघि बढाउ“ने, अर्थतन्त्रको समस्या समाधान गर्ने काम एमाले बाहेकका जुनकुनै दलले जतिनै गठबन्धन गरे पनि सम्भव नभएको ओलीले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित