नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २६–एमाले अध्यक्ष केपी ओलीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई अबरोध गर्न पहिचानपक्षधरहरुले आह्वान गरेको यातायात बन्द गराउँने पूर्व संस्कृति मन्त्री गोपाल किराती सहित पाँच जना पक्राउ परेका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसीमा चार जना र नुनथलामा एक जनालाई मङ्सिर २६ गते विहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
हलेसीमा पूर्व संस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य तथा पहिचानका लागि युवाका सहसंयोजक राजेश राई, वाइसीयल नगर इन्चार्ज तथा पहिचानका लागि युवाका सहसंयोजक विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राई पक्राउ परेका हुन् । नुनथलामा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ पक्राउ परेको प्रदेश १ पुनःनामाङ्कन संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए ।
बन्दकर्ताहरुले सार्वजनिक यातायात चल्न दिएका छैनन् । एमाले नेता कार्यकर्ता बोकेका यातायातका साधन भने प्रहरी स्कटिङ गरेर ओखलढङु्गाको हर्कपुरमा हुने कार्यक्रमस्थलतर्फ लगेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने कतै पनि सडक अबरुद्ध नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित