नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २५–पहिचानपक्षधरहरुले हलेसीमा मङ्सिर २५ गते साँझ मसाल जुलुस निकालेका छन् । एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई लक्षित गरी मङ्सिर २६ गतेको सडक बन्दलाई सफल बनाउँन मसाल जुलुस निकालेका हुन् ।
पहिचानपक्षधरहरुले कोसी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पहिचान विरोधी भएको आरोप लगाउँदै उनको अभियानमा अवरोध गर्न बन्द गरिएको पूर्व संस्कृति मन्त्री गोपाल किरातीले बताए । ‘संविधानमा उल्लेख गरिएअनुसार पहिचानको आधारमा नामाङकन गरियोस् भनिएको मात्र हो, तर एमाले अध्यक्ष ओली लगायत महेश बस्नेत, योगेश भट्टराईहरुले हाम्रो पहिचान नामेट गर्ने अभिव्यक्ति दिन थालेकाले उनीहरुलाई र कोसी प्रदेश नामाङ्कन गर्ने ८२ प्रदेश सांसदलाई किरात भूमिमा निषेध गरिएको हो ।’ किरातीले भने–‘हाम्रो माग पूरा नभएसम्म बरु ज्यान जाला तर आन्दोलन छाड्ने छैनौं ।’

प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–निर्वाच�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–जिल्ला स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १–श्रम संस�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असोज १-नेपाली कां�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, भदौ ३१–प्रहरील�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित