हलेसीमा पहिचानपक्षधरहरुको मसाल जुलुस

  • प्रकाशित मितिः मंसिर २५, २०८०
  • 2769 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २५–पहिचानपक्षधरहरुले हलेसीमा मङ्सिर २५ गते साँझ मसाल जुलुस निकालेका छन् । एमाले अध्यक्ष केपी ओलीको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प अभियानलाई लक्षित गरी मङ्सिर २६ गतेको सडक बन्दलाई सफल बनाउँन मसाल जुलुस निकालेका हुन् ।
पहिचानपक्षधरहरुले कोसी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पहिचान विरोधी भएको आरोप लगाउँदै उनको अभियानमा अवरोध गर्न बन्द गरिएको पूर्व संस्कृति मन्त्री गोपाल किरातीले बताए । ‘संविधानमा उल्लेख गरिएअनुसार पहिचानको आधारमा नामाङकन गरियोस् भनिएको मात्र हो, तर एमाले अध्यक्ष ओली लगायत महेश बस्नेत, योगेश भट्टराईहरुले हाम्रो पहिचान नामेट गर्ने अभिव्यक्ति दिन थालेकाले उनीहरुलाई र कोसी प्रदेश नामाङ्कन गर्ने ८२ प्रदेश सांसदलाई किरात भूमिमा निषेध गरिएको हो ।’ किरातीले भने–‘हाम्रो माग पूरा नभएसम्म बरु ज्यान जाला तर आन्दोलन छाड्ने छैनौं ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित