बालाचतुर्दशीको अवसरमा खोटाङका तीन स्थानीय तहले सार्वजनिक बिदा दियो

  • प्रकाशित मितिः मंसिर २४, २०८०
  • 204 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २४–बालाचतुर्दशीको अवसरमा जिल्लाका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएको छ । मङ्सिर २५ गते बालाचतुर्दशीमा हलेसी तुवाचुङ नगरपालिका, रावाबेसी र खोटेहाङ गाउँपालिकाले बिदा दिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले हलेसीमा बृहत मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । रावाबेसी गाउँपालिका–६ हौचुरको जुडीमा लाग्ने मेलाको अवसरमा विदा दिएको हो । खोटेहाङ गाउँपालिका–४ सोलढुङ्गामा मेला लाग्ने भएकाले बिदा दिएको जनाएको छ । यो अवसरमा स्थानीय तह मातहतका कार्यालयहरु, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था लगायतमा सार्वजनिक बिदा दिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित