सविना अछामे-
खोटाङ, माघ १४–हलेसी साइनो स्टारको फाइनल आगामी माघ १९ गते हुने भएको छ । जिल्लाका विभिन्न पालिकाहरुबाट छनौट भएर आएका नवप्रतिभाहरुको अन्तिम छनौटमा ४३ सहभागी हुने छन् । उक्त प्रतिपर्धामा विजेता नै यो अडिसनको प्रथम, दोश्रो र तेश्रो हुने छन् । गाउ“गाउ“मा रहेका प्रतिभाहरुको खोजी गरी एक सय १६ जनालाई जिल्ला समन्वय समिति खोटाङको सभाहलमा प्रतिस्पर्धा गराइएको थियो । उक्त हलेसी साइनो स्टारको प्रथम, दोश्रो र तेश्रो स्थानका लागि आगामी १९ गते प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । प्रथम हुनेलाई ५५ हजार पा“च सय ५५ नगदका साथमा गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा अध्ययनको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यसका साथमा ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिने छ । त्यस्तै दोश्रो हुने प्रतिभालाई ३३ हजार तीन सय ३३ नगद सहित एक वर्ष संगीत कक्षा तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा तेश्रो हुने प्रतिभालाई १५ हजार पा“च सय ५५ नगद, एक वर्ष संगीत कक्षाको अवसरका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १९–भिरबा�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित