दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दक्षिण कोरियाको शिन आन्सान विश्वविद्यालय बीच सहकार्य गर्ने संझौता

  • प्रकाशित मितिः मंसिर २३, २०८०
  • 658 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २३–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दक्षिण कोरियाको शिन आन्सान विश्वविद्यालयबीच एक आपसमा पारस्परिक सहयोग गर्ने संझौता भएको छ । दक्षिण कोरिया पुगेका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई र उक्त विश्व विद्यालयका प्रेसिडेन्ट प्रोफेसर जियूइ साङ बीच मङ्सिर २२ गते संझौता भएको हो ।


संझौतामा दुबै देशको भाषा, संस्कृति र शिक्षालाई आपसी सम्वन्धलाई मजबुद बनाउँने लगायतका आठ बुदे संझौता भएको नगरप्रमुख भट्टराईले बताए । संझौतामा कोरिया गएर पढ्न चाहने विद्यार्थीलाई योग्यता र क्षमताको आधारमा प्राथमिकतामा राखेर नगरपालिकाले सिफारिस गर्ने, अन्तर्राष्ट्रिय सहयोग आदान प्रदान र संयुक्त परियोजनाहरुको विकास कार्यान्वयन गर्ने, पर्यटन, उद्योग लगायतका विषयमा एकआपसमा आदान–प्रदान गर्ने लगायतका संझौता भएको नगरप्रमुख भट्टराईले बताए ।


त्यस्तै नगर नीतिमा संयुक्त विकास र सल्लाहकारको भूमिका निर्वाह गर्ने, पर्यटन क्षेत्रको अनुभव आदान–प्रदान गर्ने, कोरियाली भाषा शिक्षालाई सहयोग गर्ने, संयुक्त परियोजना प्रबद्र्धन गर्ने, कोरियाका प्राध्यापक–विद्यार्थीलाई खोटाङ र खोटाङका शिक्षक–विद्यार्थीलाई कोरिया भ्रमण गर्ने गराउँने र शैक्षिक सांस्कृतिक तथा पर्यटन प्रबद्र्धन गर्ने संझौता गरेको नगरप्रमुख भट्टराईले बताए । विश्व विद्यालयको निमन्त्रणामा मङ्सिर १७ गते नगरप्रमुख र उपप्रमुख दक्षिण कोरिया पुगेका थिए । विभिन्न विकास निर्माण, कृषि क्षेत्रको भ्रमण तथा अध्ययन गरी पुस ३ गते नेपाल फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित