नमस्ते खोटाङ संवाददाता–
खोटेहाङ, मङ्सिर २३–खोटेहाङ गाउँपालिकाको वडा नं २ वाप्लुखामा स्वास्थ्य चौकी भवन उद्घाटन भएको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राईले मङ्सिर २२ गते उद्घाटन गरेका हुन् ।
सघन सहरी तथा भवन निर्माण आयोजनाको करिब एक करोड ५८ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गरिएको हो । उक्त भवन सहित वर्थिङ सेन्टर समेत उद्घाटन गरिएको छ । उक्त भवन स्थानीयले दान स्वरुप उपलब्ध गराएको जग्गामा निर्माण गरिएको पूर्ववडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र खोटेहाङ गाउँपालिकाका अध्यक्ष दिपेन थुलुङले बताए । जग्गा दान गर्नेका आफन्तलाई सम्मान समेत गरिएको छ ।

यसै अवसरमा राईले वडास्तरीय खुला भलिबल प्रतियोगिता पनि उद्घाटन गरेका छन् । प्रथम हुने टिमले ६६ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । दोश्रो हुनेले ३३ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र तथा सान्त्वनालाई १५÷१५ हजार नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन् । उक्त प्रतियोगितामा खोटाङ, उदयपुर र भोजपुरका २० टिम सहभागी छन् । खेल २५ गतेसम्म हुने छ ।
भवन, वर्थिङ सेन्टर र भलिबल खेल उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा खोटहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई ‘मुक्ति’, उपाध्यक्ष रुपेश राई, जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ लगायत जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित