लालुपाते सहकारी ठगी प्रकरण : चार जनालाई पुर्पक्षका लागि कारागार पठायो, पाँच जना धरौटीमा छुटे

  • प्रकाशित मितिः मंसिर २१, २०८०
  • 208 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २१–लालुपाते बहुउद्देश्यीय सहकारी बचत अपचलन आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला न्यायधिस सुवाशबाबु पुरीको मङसिर २१ गतेको एकल इजलासले अन्य पाँच जना धरौटीमा छुटेका छन् ।
३५ प्रतिवादीबाट चार करोड ४० लाख ४१ हजार १८ रुपैयाँ बिगा माग दाबी गर्दै परेको उजुरीका आधारमा सहकारीका तत्कालीन अध्यक्ष मृतक अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेललाई कारागार पठाइएको हो ।
सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई र सचिव मनोज राईलाई पाँच–पाँच लाख, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई दश-दश लाख रुपैया“ धरौटीमा छाडेको छ । ३५ मध्ये अन्य २६ जना भने फरार सूचीमा छन् ।
यीमध्ये कात्तिक १२ गते, सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ जोशीलाई असोज–१३ गते र प्रबन्धक रुकु जोशीलाई भने असोज–१७ गते काठमाडौंमा र पोखराकी जसुदा पौडेललाई कात्तिक १५ गते चितवनबाट तथा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राईलाई कात्तिक १२ गते दिक्तेलबाट पक्राउ गरिएको थियो । उनीहरु विरुद्ध गुमेको बचत फिर्ताको माग गर्दै २६५ जनाले उजुरी दिएका थिए ।
सहकारीका अध्यक्ष अनिल जोशी भने कोरोनाले २०७८ बैशाख १५ गते पोखरामा निधन भएपछि बैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो । २०७२ मङ्सिर १० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित