साहस र मेहनतले सफल बनायो गीता शंकरलाई

  • प्रकाशित मितिः मंसिर १८, २०८०
  • 1466 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, मङ्सिर १८–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी गीता शंकरलाई यसरी सफल व्यवसायी बन्छु भन्ने थाहा थिएन । तर निरन्तरको मेहनतले सफल व्यवसायी बनेकी छन् । इलामको नामसालिङमा २०१९ मङ्सिर १ गते जन्मिएकी उनी भोजपुरका धन शंकरसंग २०३६ जेठ १५ गते विवाह गरेकी थिइन् ।


तर २०५० सालमा श्रीमानको निधन भएपछि उनी एक्लैले पेशा धान्नु प¥यो । बिस्तारै बालबच्चा हुर्कदै गएपछि भने उनलाई पेशा धान्न होस्टेमा हैसे गर्न सहयोग गरे । उनका तीन छोरी र एक छोरा गरी चार जना छन् । उनीहरुमध्ये जेठी छोरी स्नातक, माइली एमएसी नर्सिङ, कान्छी स्नातक र छोराले स्नातक तहसम्म अध्ययन गरेका छन् । व्यवसाय सञ्चालन गर्दै छोरा–छोरीलाई यत्तिकोसम्म पढाउँदा निक्कै नै समस्या झेल्नु परेको शंकर बताउँछिन् । ‘व्यवसाय सञ्चालन गर्दै नानीहरूलाई यत्तिको पढाउँनु निक्कै नै समस्या झेल्नु प¥यो ।’ उनले भनिन्–‘ती दिनहरु सम्झदा पनि नरमाइलो लागेर आउँछ ।’
एकल महिला भएपछि धेरै खालको समस्या झेल्नु परेको अनुभव सुनाइन् । ‘एकल महिला भएपछि धेरै खाले समस्या झेल्नु प¥यो ।’ उनले भनिन्–‘घर–परिवारदेखि सामाजिक दृष्टिकोण पनि राम्रो थिएन, विभिन्न लान्छना–आरोप खेप्नु प¥यो ।’


तर अहिले भने उनको जीवनमा खुसीका दिनहरु आएको सुनाउँछन् । २०४५ सालमा व्यवसाय सुरु गर्दा भाडाको घरबाट सुरु गरे पनि अहिले आफ्नै घरमा व्यवसाय सञ्चालन गरेकी छन् । ‘दुःख गर्दा आर्थिक अवस्था पनि सुध्रदो रहेछ ।’ उनले भनिन्–‘आर्थिक अवस्था राम्रो भएपछि हिम्मत पनि बढ्दो रहेछ ।’
उनको सुनचाँदी पसलमा अहिले आठ जना कालीगढ कार्यरत छन् । उक्त पसलमा शीपमा भरिपूर्ण कालीगढहरु भएकाले समय सापेक्षित डिजाइनको गरगहना निर्माण हुने उनको दाबी छ । उनको पसलमा वार्षिक १८ लाख आम्दानी हुने उनले बताइन् । अहिले उनी जिल्लाकै नमूना व्यवसायीको रुपमा कहलिन्छन् । यसैबाट उनले काठमाडौं लगायतका ठाउँहरुमा घर–घडेरी जोडेकी छन् ।


उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक, विभिन्न सहकारीहरु, संघ/संस्थाहरु लगायतबाट सम्मान तथा पुरस्कृत भएकी छन् । यसबाहेक उनको व्यवसाय सञ्चालनमा सुनचाँदी व्यवसायी संघले पनि उत्तिकै सहयोग गरेको उनको भनाई छ । उनी भन्छिन्–‘जीवनमा कहिल्यै हरेस नखानु रहेछ, निरन्तर काम गरिरह्यो भने सफलता हात लाग्ने रहेछ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित