मझुवागढी क्षेत्रको वन फडानी प्रकरण : कारबाही प्रक्रिया बढाइने

  • प्रकाशित मितिः माघ १४, २०७५
  • 1245 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, माघ १४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढीको वन फडानी प्रकरणको छानविन सुरु भएको छ । कालिका भगवती मन्दिर हुदै मझुवागढी क्षेत्रसम्म सडक खन्ने बहानामा देविस्थान सामुदायिक वन विनास गरिएको विषयमा छानविन सुरु भएको हो ।
छानविनको क्रममा सडक खनिएको क्षेत्रमा काठ बरामत गरिएको छ । यसबाहेक सडक खन्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक्साभेटर प्रयोग भएको भन्ने बारे जवाफ मागका लागि पत्र लेखिएको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताए । सडक खन्दा वन विनास भएको विषयमा सम्वन्धित सामुदायिक वन देवीस्थान र मन्दिर व्यवस्थापन समितिलाई समेत जवाफका लागि पत्र लेखिएको छ । उक्त पत्रको जवाफ नआए पनि केही दिनमै सर्जमिन गरेर कारबाही प्रक्रिया बढाइने प्रमुख कर्णले बताए । यसका लागि दिक्तेलस्थित सड–डिभिजन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत चतुरनारायण साहलाई खटाइएको प्रमुख कर्णले सुनाए ।   
तत्कालीन जिल्ला वन कार्यालयका अधिकृत भक्त लामाको नेतृत्वको टोलीले विभिन्न प्रकारका भण्डै चार सय रुख–विरुवा नष्ट भएको प्रतिवेदन तयार पारेको थियो । लगत सङ्कलन गरे पनि पहु“चवाला व्यक्ति नै फडानीमा संलग्न देखिएकाले कारबाही हुन नसकेको गुनासो छ । प्राकृतिक संरचना नास हुने गरी मझुवागढी क्षेत्रको सडक निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर प्रयोग गरिएको खुलासा भएको थियो । वन विनासमा मझुवागढीस्थित सशस्त्र प्रहरी वल हलेसी गुल्मको समेत संलग्न देखिएको छ । स्थलगत रिपोर्टिङको क्रममा सशस्त्र प्रहरी बल हलेसी गुल्मका करिब दर्जन बढी जवान खटिएका थिए । 
कालिका भगवती मन्दिर क्षेत्रमा सडक खनिदा प्राकृतिक संरचना नास हुनका साथै ठूलो मात्रामा वन विनास भएकाले संलग्नलाई कारबाही हुनु पर्ने स्थानीयको माग छ । उक्त वन फडानीमा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला वन समन्वय समितिका अध्यक्ष एबम् मझुवागढी संरक्षण समितिका अध्यक्ष समेत रहेका बबि चाम्लिङदेखि अन्य व्यक्ति संलग्न देखिएको श्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित