दिनेश राई–
खोटेहाङ, मङ्सिर ५–खोटाङ बजारको अलपत्र सडक निर्माणको काम सुरु भएको छ । कोसी प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको तीन करोड ४० लाखको निर्माण थालेर अलपत्र सडक निर्माण सुरु भएको हो ।
तीन वर्षअधि ठेक्का लागेको यो सडक अलपत्र परेपछि गाउँपालिकाले ताकेता गरेको थियो । सडक ढलानको ठेक्का लिएको धुलिखेल कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको र त्यसलाई सुधार गर्नु पर्ने सुझाबपछि काम अलपत्र पारेको थियो । यो सडक अन्तरगत ढलान र कालोपत्रे गर्नु पर्ने छ । ढलान कति गर्नु पर्ने भन्ने नै आफूलाई थाहा नभएको निर्माण कम्पनी सम्वद्ध मोतिलाल लामाले बताए ।
ढलान बाहेक पाँच सय ३० मिटर कालो पत्रे गर्नु पर्ने लामाले बताए । यो काम यही मङ्सिरभित्र सकिने बताए । गत वर्ष यो मङ्सिरभित्र काम सक्ने गरी म्याद थप गरेको थियो । सडक निर्माण सुरु भएपछि मङ्सिर ५ गते गाउँपालिका अध्यक्ष उदीमबहादुर राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर मगर लगायतको टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा सबबेसको काम सकिसकेको र कालोपत्रको काम पनि यसै महिना सकिने लामाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, बैशाख १७–दिक्तेल रूपाकोट म�... ... ...
सविना अछामे–खोटाङ, बैशाख १७–खोटेहाङ गाउँपालि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–अदालत�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १०–दिक्त�... ... ...
सविना अछामे–खोटाङ, बैशाख ९–हलेसी तुवाचुङ नगरप�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित