नमस्ते खोटाङ संवाददाता
खोटाङ, असार १९–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वार्षिक उत्सव मनाएको छ । स्थानीय तह लागूपछि कार्यभार संहालेको एक वर्ष पूरा भएको अवसरमा असार १८ गते प्रथम वार्षिक उत्सव मनाएको हो ।
यस अवसरमा पर्यटकीय भुलभुलेमा नगर स्तम्भ अनावरण, स्मारिका विमोचन, विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान लगायत गरी वार्षिक उत्सव मनाएको हो । वार्षिक उत्सवमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले दिक्तेल नगरपालिकाले विकासमा गतिलिएको भन्दै प्रसंशा व्यक्त गरे । अतिथिको रुपमा प्रतिनिधिसभा सदस्य हिरा गुरुङ प्रदेशसभा सदस्यहरु रामकुमार राई, उषाकला राई, पूर्व सभासदहरु समिता कार्की, दुर्गाजयन्ती राई लगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमा उत्कृष्ठ व्यक्ति इमानसिं राई, उत्कृष्ट कर्मचारी सुवाश राई, उत्कृष्ट शिक्षक शरणबहादुर खत्री, उत्कृष्ट उद्यमी विश्वकर्मा, ठूला पूर्वाधार विकास निर्माणमा उत्कष्ट छेपेखोला दुम्ली क्षेत्रीय सडक उपभोक्ता समितिका नेर्पा, साना पूर्वाधार बुइपा सेवा समाजको मन्च तथा प्याराफिट निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरिएको छ । त्यस्तै विशेक्ष क्षेत्रगततर्फ गोठ सुधार तथा मुत्र संकलन उपभोक्ता समिति बुवालुङ, उत्कृष्ट छात्र छात्रा पञ्च मावि, उत्कृष्ट विद्यालय ज्योति मावि जालपा, उत्कृष्ट टोल सुधार समिति हाटडा“डा, खेलकुद प्रोत्साहन अन्तरगत सितोरियो करात संघ खोटाङ लगायतलाई पुरस्कृत गरिएको हो ।
यसबाहेक नगर गीत रचनाकार तथा संगीतकारलाई पनि कदरपत्र प्रदान गरिएको छ । यस अन्तरगत वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राई, साहित्यकार टंक भट्टराई लगायतलाई पनि कदरपत्र प्रदान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित