भूकम्प पीडितलाई तरुण दलले राहत पठायो

  • प्रकाशित मितिः कार्तिक २३, २०८०
  • 203 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प पीडितलाई तरुण दल खोटाङले राहत पठाएको छ । भूकम्पबाट आफन्त गुमाएका, घाइते र विस्थापितका लागि २३ हजार दुई सय एक रुपैयाँ राहत पठाएको हो ।
तरुण दल खोटाङका अध्यक्ष काजीमान राईका अनुसार तरुण दलका १३ जनाले संकलन गरेको उक्त रकम कात्तिक २२ गते पठाइएको हो । कार्य समितिले निर्णय गरेरै राहत संकलन गरी पठाइएको राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित