हलेसी तुवाचुङ नगरपालिकाद्वारा भूकम्प पीडितलाई सहयोग

  • प्रकाशित मितिः कार्तिक २०, २०८०
  • 133 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २०–जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्प पीडितलाई हलेसी तुवाचुङ नगरपालिकाले ११ लाख, ५१ हजार, एक सय रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाको कात्तिक १९ गते बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उक्त सहयोग गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिन बराबरको सेवा सुविधा र तलव भत्ता कट्टा गरि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हलेसी तुवाचुङ नगरपालिका प्रमुख विमला राईले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित