लालुपाते बहुउद्देश्यीय सहकारीबाट ऋणीहरुलाई ऋण बुझाउँन जिल्ला प्रहरी कार्यालयले सूचना जारी ग¥यो

  • प्रकाशित मितिः कार्तिक १३, २०८०
  • 216 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–जिल्ला प्रहरी कार्यालयले लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाबाट ऋण लिनेहरुलाई कात्तिक १४ गतेदेखि १७ गतेसम्म बुझाउँन सूचना जारी गरेको छ । कात्तिक १३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना जारी गरेको हो ।
सूचना अनुसार सालपा विकास बैकको खाता नं. ००१००००४७६०१ मा रकम जम्मा गरी त्यसको भौचर उपलब्ध गराउँन सूचना जारी गरेको हो ।
सहकारीकोे बचतकर्ताहरुको रकम अपचलन गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । बचतकर्ताहरुको उजुरीको आचारमा सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाई सहित अन्य आठ जनालाई पक्राउ गरी कात्तिक १३ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान बढाएको हो ।
उपाध्यक्ष चौलागाई, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले बताए । उनीहरु बाहेक सहकारीका अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी, सुनिलकी श्रीमती रविना श्रेष्ठ जोशीलाई असोज–१३ गते र प्रबन्धक रुकु जोशीलाई भने असोज–१७ गते काठमाडौंमा पक्राउ गरी दिक्तेल ल्याइएको कार्कीले बताए । उनीहरु सबैलाई थप पाँच दिनको म्याद थपिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता तथा प्रहरी निरीक्षक बुनु कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित