नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १३–कात्तिक ७ गतेदेखि हराएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमायाँ ढुङ्गाना भेटिएको छ । प्रहरी र आफन्तको खोजतलासको क्रममा दिक्तेल रुपाकोत मझुवागढी नगरपालिका–३ बाम्राङको दिखुवा खोला नजिकै काहुले जङ्गलमा बसिरहेको अवस्थामा कात्तिक १३ गते फेला परेको हो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कात्तिक ७ गते आफन्तकोमा टिका लगाएर घर फर्किने क्रममा बृद्धा हराएकी थिइन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएकी थिइन् । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी बृद्धा घर नआएपछि खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए । उनको खोजीमा प्रहरीले कुकुर समेत परिचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित