१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ

  • प्रकाशित मितिः कार्तिक 11, 2080
  • 717 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४३ वर्षीय शम्शेर गुरुङ कात्तिक १० गते पक्राउ परेका हुन् ।
मादक पदार्थ सेवन गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने गुरुङलाई कात्तिक १० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले बताए । उनलाई कात्तिक १२ गते अदालतमा पेश गरी म्याद थप गरेर थप अनुसन्धान बढाउँने तयारी गरिएको कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित