पाँच दिनदेखि बेपत्ता बृद्धा खोजी गर्न कुकुर परिचालन

  • प्रकाशित मितिः कार्तिक ११, २०८०
  • 218 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–प्रहरीले पाँच दिनदेखि बेपत्ता बृद्धाको खोजीमा कुकुर परिचालन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमायाँ ढुङ्गानाको खोजीमा कात्तिक ११ गतेबाट कुकुर परिचालन गरेको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार प्रदेश प्रहरी कार्यालयबाट कुकुर खोजी सुरु गरिएको हो । कात्तिक ७ गते आफन्तकोमा टिका लगाएर घर फर्किने क्रममा बृद्धा हराएकी हुन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएकी थिइन् । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी बृद्धा घर नआएपछि खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

सिम्बोलिक तस्बिर गुगलबाट

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित