नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक ११–प्रहरीले पाँच दिनदेखि बेपत्ता बृद्धाको खोजीमा कुकुर परिचालन सुरु गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमायाँ ढुङ्गानाको खोजीमा कात्तिक ११ गतेबाट कुकुर परिचालन गरेको हो ।
प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार प्रदेश प्रहरी कार्यालयबाट कुकुर खोजी सुरु गरिएको हो । कात्तिक ७ गते आफन्तकोमा टिका लगाएर घर फर्किने क्रममा बृद्धा हराएकी हुन् । श्रीमानसँगै घर फर्किएकी वृद्धा घर नजिकै बाटोमा हराएकी थिइन् । बाटोमा श्रीमान भन्दा केही पछि रहेकी बृद्धा घर नआएपछि खोजतलासका लागि परिवारले प्रहरीमा निवेदन दिएका थिए ।
सिम्बोलिक तस्बिर गुगलबाट
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित