लडेर दुई जनाको मृत्यु

  • प्रकाशित मितिः कार्तिक १०, २०८०
  • 260 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १०–जिल्लामा छुट्ट–छुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । जन्तेढुङ्गा गाउ“पालिका–५ का ६९ वर्षीय रिखिराज राई र हलेसी तुवाचुङ नगरपालिका–२ की ३० वर्षीया एलिना मगरको लडेर मृत्यु भएको हो ।
राई गत कात्तिक ८ गते छोरीको घर जाने भनेर हिडेका थिए । घरबाट पूर्वतर्फ करिब एक किलोमिटर टाढा करिब तीन मिटर तल लडेर झरेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले बताए । त्यस्तै कात्तिक ७ गते सासुआमासंग घा“स काट्न गएकी मगर पनि भीरबाट लडेर मृत्यु भएको डिएस्पी खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित